Wednesday, July 7, 2010

तिम्ले दिएका आरोपका कोसेली,मनभरी लिएमैले
छट्पटिएर भित्र-भित्रै अलिक बढी पिएमैले

बोलचाल थियो  चिनजान अनी अलिकती सामिप्यपनि
सामिप्यलाई मायाभनी गल्तीरुपमा लिएमैले

रुपथियो रङथियो नसालुथे नजरपनी
बैसथियो आबेग् थियो ज्यानै  सुम्पिदिएमैले

 उनलाई पनि थाहैथियो कसले मायागर्छ भन्ने
खैकिनहो साथीभनेउ टुक्रियोमुटु सिएमैले

जिबनका केहीपल सँगसङै बिताएथिउ
ति पलहरु सम्झिएर घुट्को आसुँ लिएमैले

बिगत्काती दिनहरु सम्झिएर टोलाईरहदा
शायदलेख्या रहेनछभनी मनमनै लिएमैले

समीर संगम